कोशी सरकार परिवर्तन हुने जोखिम छ: हाङगाम
उज्यालो पोष्ट
ताप्लेजुङ,असार १४ । कोशी प्रदेशसभा सदस्य तथा कोशी सरकारका पूर्व मन्त्री खगेनसिं हाङगामले कोशीको बजेट अहिलेसम्म पारित हुन नसकेको भन्दै सरकार परिवर्तनसम्मको जोखिम औंल्याउनु भएको छ ।
आइतवार ताप्लेजुङस्थित आईटी एकेडेमीबाट गाफ्रिक डिजाइन र वेब डेभलपमेन्टका दीक्षित बिद्यार्थीलाई प्रमाणपत्र बितरण कार्यक्रममा बोल्दै हाङगामले कोशी प्रदेश सरकारबाट प्रस्तुत बजेट सदनबाट अहिलेसम्म पारित हुन नसकेको भन्दै सरकार परिवर्तनसम्मको अवस्था आउन सक्ने बताउनुभयो ।‘सदनमा प्रस्तुत गरेको बजेट कायम रहे आउँदो आर्थिक बर्षमा समेत गाफ्रिक डिजाइन र वेब डेभलपमेन्ट तालिम सञ्चालन गर्न सकिने उहाँको भनाई थियो ।
कोशीमा अहिले नेकपा एमाले र नेपाली काँग्रेसको संयुक्त सरकार छ । हाङगाम कोशी सरकारका मुख्यमन्त्री हिक्कतकुमार कार्की नेतृत्वको सरकारमा उद्योग,कृषि तथा सहकारी मन्त्री समेत थिए । दुबै दलले मन्त्रिपरिषद्का सदस्य परिवर्तन गर्दा हाङगाम पनि परिवर्तन हुनु भएको थियो । हाङगाम २०७९ सालको प्रदेशसभा निर्वाचनमा नेपाली काँग्रेसकातर्फबाट ताप्लेजुङ निर्वाचन १(ख)मा प्रदेशसभा सदस्य निर्वाचित हुनु भएको हो ।