|

जबरजस्ती करणी अभियोगमा संखुवासभाका एक व्यक्ति ताप्लेजुङमा पक्राउ

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,असोज २२ । १७ बर्षिया एक किशोरीलाइ जबरजस्ती करणी गरेको अभियोगमा संखुवासभाको चैनपुर नगरपालिका वडा नं १ याङ्सिजुका ३१ बर्षिय दावा शेर्पा पक्राउ परेका छन् । ताप्लेजुङ प्रहरीले उनलाइ करणी सम्वन्धी कसुर शीर्षकमा मुद्दा दर्ता गरी कारवाही प्रकृया अघि बढाएको छ । ट्याक्टर चालक दावाले आठराइ त्रिबेणी गाउँपालिका वडा नं ३ मा आफ्ना ठूलोबुबाको घरमा बसेर अध्ययन गर्दै आएकी ति किशोरीलाइ रातको समयमा घरेलु हतियार समेत देखाइ धम्कीपूर्ण ढंगले जबरजस्ती करणी गरेको पीडितकी आमाको जाहेरीका आधारमा प्रहरीले दावालाइ अदालतबाट म्याद थप गरी अनुसन्धान गर्दै आएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी प्रमुख(डिएसपी)महेन्द्रकुमार श्रेष्ठले दावाले ति किशोरीले करणीको प्रस्ताव अस्वीकार गर्दा हतियारले औंलामा रेटी चोट समेत पु¥याएको जाहेरी दरखास्तका आधारमा प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts