जिल्ला फुटबल संघले फिफा यु–१५ प्रदेशस्तरीय छनौटका लागि ताप्लेजुङबाट १८ जनालाई पठायो
उज्यालो पोष्ट
ताप्लेजुङ,भदौ १३ । १५ बर्ष मुनि उमेर समूहको फिफा वल्र्डकप तथा विश्व फुटबल महोत्सव २०२६ को प्रदेश स्तरीय छनौटका लागि ताप्लेजुङबाट १८ जना खेलाडीलाई लागि पठाईएको छ ।
ताप्लेजुङ जिल्ला फुटबल संघका अध्यक्ष अशोक चेम्जोङ लिम्बू तथा प्रशिक्षक देवकुमार मादेनद्धारा हस्ताक्षरित पत्र अनुसार गोलकिपरका लागि तीनजनासहित १८ जनाको नाम पठाईएको हो ।
नवीन लिम्बू,सिबोन लिम्बू र लाजेहाङ लिम्बूलाई गोलकिपर,मिङ्मा शेर्पा,सेसेहाङ लिम्बू र जिगर सुनुवारलाई डिफेण्डर,नुगेन लिम्बू,सुवास लिम्बू,रायन लिम्बू र अस्मिन लिम्बू,सन्तोष तामाङ र सिक्कुमा लिम्बूलाई मिडफिल्डरका लागि पठाईएको छ ।
अभिनव पालुङ्वा,विकेश मादेन,कोशिष लिम्बू,दीपेन भट्टराई,सिक्कुम लिम्बू र पारुहाङ लिम्बूलाई फरवार्डको रुपमा पठाईएको ताप्लेजुङ जिल्ला फुटबल संघले जनाएको छ ।