मिक्वाखोलाका तीनवटा वडामा भैंसीका पाडा बितरण

उज्यालो पोष्ट
ताप्लेजुङ,असार २ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले दलित लक्षित कार्यक्रम अन्तरगत वडा नं १,२ र ४ का दलित समुदायलाई उन्नत जातमा भैंसीका पाडा बितरण गरेको छ ।

पालिका अध्यक्ष भक्तबहादुर कार्की,प्रमुख प्रशासकीय अधिकृत बिमल गौतम सहित स्थानीय जनप्रतिनिधिको उपस्थितिमा पालिकाको वडा नं ४ मा मंगलवार भैंसीका पाडा बितरण गरिएको पालिका अध्यक्ष कार्कीका स्वकीय सचिव घनेन्द्र थापाले जानकारी दिनुभयो ।

थापाका अनुसार अब वडा नं १ र २ मा भैंसीका पाडा बितरण गरिने छ । आयआर्जनमा सघाउ पु¥याउनका लागि उन्नत जातका भैंसीका पाडा बितरण गरिएको पालिकाले जनाएको छ ।

Similar Posts