हाङपाङमा प्रदेश स्तरीय अलैंची महोत्सव हुने

खगेन्द्र अधिकारी
ताप्लेजुङ,जेठ २७ । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाको केन्द्र हाङपाङमा प्रदेश स्तरीय अलैंची महोत्सव हुने भएको छ ।

अलैंचीको जिल्ला भनेर चिनिने ताप्लेजुङको हाङपाङमा असार १२ र १३ गते प्रदेश स्तरीय अलैंची महोत्सव हुन लागेको महोत्सव मूल समारोह समितिका संयोजक बालचन्द्र आङवुहाङले जानकारी दिनुभयो । आठराई त्रिबेणी गाउँपालिका र कृषि ज्ञान केन्द्र ताप्लेजुङको आर्थिक सहयोगमा हुन लागेको महोत्सवमा अलैंचीका बोट बिरुवा तथा फल प्रर्दशनी,अलैंचीबाट उत्पादन हुने बस्तुको प्रर्दशनी,अलैंचीबाट उत्पादन हुने खाद्य पदार्थको प्रर्दशनी,स्थानीय उत्कृष्ट अलैंची बगान तथा कमजोर अलैंची बगानको अवलोकन तथा पहिचान सहितका गतिविधि हुने भएका छन् । महोत्सव संयोजक आङवुहाङका अनुुसार अलैंची खेति र अलैंची प्रवद्र्धनसंग सम्वन्धित खुल्ला कविता तथा लोक दोहोरीसहितका साँस्कृतिक कार्यक्रम समेत हुने भएका छन् ।

महोत्सवका अवसरमा आधुनिक अलैंची खेति सम्वन्धी किसान कार्यशाला तथा क्रेता र बिक्रेताबिच अन्तरकृया,संघीय संसदका सदस्य,प्रदेशसभाका सदस्य,स्थानीय तहका प्रमुख–उपप्रमुख तथा अलैंची विज्ञ टोलीबिच अलैंचीको आधुनिक खेति र बजार बिस्तार सम्वन्धी छलफल र सफल किसानलाई सम्मान सहितका कार्यक्रम महोत्सव अवधिमा हुने महोत्सव मूल समारोह समितिले जनाएको छ ।

अलैंची वहुवर्षिय विरुवा हो । यसको फेदमा जरा नजिक वर्षको एक पटक अलैंची फल्दछ । अलैंचीलाई सुगन्धित तेल बिस्कुट,परफ्यूम,औषधी उत्पादनमा प्रयोग गर्नुका साथै यसलाई मसलाको रुपमा प्रयोग गरिन्छ । एकहजार देखि दुई हजार दुईसय मिटर उचाइमा पर्ने हिमाली र पहाडी क्षेत्र यसको खेति गरिन्छ । अलैंची खेतिको लागि सधै चिस्यान रहने ओसिलो र सोपिलो ठाउँ राम्रो हुन्छ । नेपालमा कुल उत्पादन हुने अलैंचीमध्ये करिव ४७ प्रतिशत हिस्सा ताप्लेजुङमा उत्पादन हुने ठानिएको छ ।

Similar Posts