आठराई त्रिबेणीको नीति: अवकासप्राप्त शिक्षकको क्षमता शिक्षाको गुणस्तर सुधारमा प्रयोग गरिने

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असार १० । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले आर्थिक बर्ष २०८३।८४ मा गाउँपालिकालाई पूर्ण रुपमा फुसको छानो बिस्थापन गर्ने घोषणा गरेको छ ।

पालिका अध्यक्ष दीपेन्द्र पोमू(दीपेन)ले गाउँसभा अधिबेशनमा आगामी आवको नीति तथा कार्यक्रम सभामा प्रस्तुत गर्दै‘जस्ताको छानो गाउँपालिकाको सान,फुसको छानो बिस्थापन गर्ने हाम्रो अभियान’नारा तय गरेको जानकारी दिनुभयो । गाउँपालिकाले पालिकाभरीका नागरिकले घरायसी प्रयोजनमा खपत गरेको विद्युत महशुल पालिकाले तिर्दै आएको विगतको नीति तथा कार्यक्रमलाई आगामी आवमा समेत निरन्तरता दिने घोषणा गरेको छ । त्यसका लागि पालिकाले‘हाम्रो पालिका,उज्यालो पालिका’कार्यक्रमको घोषणा गरेको छ । पालिकाले सुत्केरी आमाले प्रयोग गर्ने एम्बुलेन्स सेवालाई निःशुल्क गर्ने कार्यलाई आगामी आवमा समेत निरन्तरता दिएको छ । पालिकाले कक्षा १२ सम्मको पढाईलाई निःशुल्क गर्ने यसअघिको कार्यक्रमलाई निरन्तरता दिएको छ । पालिकाले सडकको नयाँ ट्रयाक खोल्ने कार्यलाई तत्काल प्राथमिकतामा नराखी गन्तव्य नपुगेका सडकलाई गन्तव्यसम्म पुग्ने व्यवस्था मिलाइने घोषणा गरेको छ । पालिकाले पूर्वाधार विकासमा प्रदेश र संघीय सरकारसंगै राष्ट्रिय र अन्तराष्ट्रिय संघसंस्थासंग साझेदारी गर्ने घोषणा गरेको छ । पूर्वाधारका हरेक काममा सार्वजनिक परीक्षणलाई अनिवार्य गर्ने पालिकाले नीति ल्याएको छ ।

पालिकाले पालिका भित्रका सबै बिद्यालयरुका अति आवश्यकीय भवन निर्माण कार्य आगामी आव भित्रै पूरा गर्ने नीतिको घाोषणा गरेको छ । पालिकाले २०८३ साल माघ मसान्तसम्ममा पालिकालाई बालमैत्री पालिका घोषणा गर्ने नीति ल्याएको छ । पालिकाले नीतिमार्फत पालिकालाई कृषि पर्यटनको रुपमा विकास गर्ने घोषणा समेत गरेको छ । गाउँपालिकाले पालिकाको खेतियोग्य जमिन बाँझो नराख्न किसानलाई प्रोत्साहित गर्ने घोषणा समेत गरेको छ । पालिकाले उत्पादन प्रोत्साहन अन्तरगत उत्पादनका आधारमा किसान सम्मान सहितका कार्यक्रमलाई अघि बढाउने भएको छ । गाउँपालिकाले पालिका क्षेत्रमा उत्पादन भएको उपभोग्य बस्तुको बजारीकरण सुनिश्चित गर्न पालिकाको केन्द्रमा एक मुख्य संकलन केन्द्र र प्रत्येक वडामा शाखा संकलन केन्द्र स्थापना गर्ने पालिकाले घोषणा गरेको छ । पालिकाले शैक्षिक गुणस्तर बृद्धिका लागि अवकासप्राप्त शिक्षा सेवाका व्यत्तित्वलाई प्रतिश्प्रधाका माध्यमबाट विज्ञको रुपमा नियुक्ति गरी अनुगमन र सुपरीबेपक्षणलाई प्रभावकारी बनाउने घोषणा समेत गरेको छ । पालिकाले पालिकाभरीका ३३ वटै बिद्यालयहरुमा ई–हाजिरी अनिवार्य गर्दै सबै बिद्यालयमा सिसीटिभीबाट नियमित अनुगमन गर्ने नीति लिएको छ । पालिकाले‘एउटा बच्चाको भर्ना,मेरो सामाजिक दायित्व’अभियान र बिद्यालयमा बालबालिकाको नियमितताका लागि ‘आमा प्रोत्साहन कार्यक्रम’घोषणा गरेको छ ।

अभिभावकविहिन बालबालिकाको पढाईप्रतिको जिम्मेवारी पालिकाले लिने घोषणा गर्दै पालिकाले त्यस्ता प्रकृतिका बालबालिकालाई माध्यमिक तहसम्मको निःशुल्क शिक्षा र सुरक्षित सिकाईको वातावरण बनाइने नीति ल्याएको छ । शैक्षिक गुणस्तरमा एकरुपमा ल्याउन पालिकाले पालिकाले पालिका स्तरीय एकीकृत परीक्षा सञ्चालन गर्ने घोषणा गरेको छ । पालिकाले प्रत्येक बिद्यालयका कक्षा कोठालाई योगसंग जोड्ने नीति ल्याएको छ । पालिकाले पालिका भरीका सबै बिद्यालयलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने नीति ल्याउँदै बिद्यालयलाई शान्ति क्षेत्र र बन्दमुक्त बनाउने घोषणा गरेको छ । कक्षा कोठामा शिक्षक र बिद्यार्थीद्धारा निर्मित ‘नो कस्ट र लो कस्ट’नाराका साथ शिक्षक सामग्रीको प्रयोगलाई अनिवार्य र व्यापक बनाउने पालिकाको घोषणा रहेको छ । पालिकाले पालिकाका प्रत्येक माध्यमिक बिद्यालयमा ‘पालिका अध्यक्ष शिक्षा कार्यक्रम’सुरु गर्ने पालिकाको घोषणा गरिएको छ । पालिकाले प्रत्येक सुत्केरी महिलाहरुका लागि ‘सुत्केरीसंग उपाध्यक्ष’कार्यक्रमलाई निरन्तरता दिएको छ ।

पालिकाले ‘जेष्ठ नागरिकसंग जनप्रतिनिधि’कार्यक्रम सुरु गर्ने घोषणा गरिएको छ । यसका लागि प्रत्येक महिना पालिका भरीका जेष्ठ नागरिकहरुका घर–घरमा गएर स्वास्थ्य परीक्षण गर्ने कार्यक्रम पालिकाले लाएको छ । पालिकाले गाउँ कार्यपालिकाको कार्यालय र पालिकाका ५ वटै वडा कार्यालयमा विद्युतीय नागरिक वडापत्र जडान गर्ने घोषणा गरेको छ । पालिकाले पालिकाको सञ्चार ऐन ल्याएर स्थानीय सञ्चार माध्यम(रेडियो,पत्रपत्रिका र अनलाईन)लाई लोक कल्याणकारी कार्यमा सहयोग गर्ने घोषणा समेत गरेको छ । पालिकाले खानेपानीको मुहान संरक्षण कार्यलाई बिशेष प्राथमिकता दिएर कार्यक्रम अघि बढाउने घोषणा गरेको छ । प्रत्येक बिद्यालयमा ६–६ महिनामा पालिका भरीका सबै बिद्यालयका बिद्यार्थीको स्वास्थ्य परीक्षण गर्ने नीति पालिकाले ल्याएको छ । पालिकाले लघु उद्यम स्थापना र बिस्तार गरी रोजगारी सृजना गर्ने नीति ल्याएको छ । पालिका भित्रका सञ्चालित उद्योग तथा व्यवसायको दर्ता गरी अद्यावधिक गर्ने नीति पालिकाले लिएको छ ।

पालिकाले ‘हाम्रो गौरव हाम्रो कर,गाउँ विकासमा दिगो भर’नीति ल्याउँदै करको दर बृद्धिलाई निरुत्साहित र करको दाहेरा बृद्धिलाई प्रोत्साहित गर्ने नीतिको घाोषणा गरेको छ । पालिकाले पालिकाका प्रत्येक वडामा कम्तिमा एक खेलमैदान निर्माण र बिस्तार कार्यलाई अघि बढाउने घोषणा गरेको छ । पालिका अध्यक्ष पोमूले बेरुजु फस्र्योट सम्वन्धी नीति,धर्म संस्कृति तथा परम्परा सम्वन्धी नीति,लक्षित वर्ग सम्वन्धी नीति,संस्थागत विकास तथा सुशासन सम्वन्धी नीति,खेलकुद,भू–संरक्षण,राजश्व,सामाजिक परिचालन,उद्योग,विपद् व्यवस्थापन,जल तथा उर्जा,प्राकृतिक स्रोत उपयोग सम्वन्धी नीति,खानेपानी,सूचना तथा सञ्चार,स्वास्थ्य तथा सरसफाई,शिक्षा,कृषि तथा पशुपंक्षी,पर्यटन र पूर्वाधार सम्वन्धी गरी कुल १८ वटा शीर्षकका बिभिन्न बिषयगत बिषयलाई समेटेर नीति ल्याउनु भएको छ ।

Similar Posts