गाडीबाट ओर्लनासाथ रिङ्गटा चली बेहोस पाल्पाकी एक महिलाको ताप्लेजुङमा मृत्यु
उज्यालो पोष्ट
ताप्लेजुङ,कात्तिक ८ । पाल्पाबाट ताप्लेजुङस्थित पाथीभरा मन्दिरको दर्शनका लागि ताप्लेजुङ आएका दम्पत्तिमध्ये श्रीमतिको मृत्यु भएको छ ।
मन्दिरको दर्शनका क्रममा फुङलिङ आइपुगी गाडीबाट ओर्लने क्रममा अचानक बेहोस हुनु भएकी पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिका वडा नं ८ की ४४ वर्षिय सरु हिस्की मगरको मृत्य भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक बिन्देश्वर यादवले जानकारी दिनुभयो ।
प्रहरी निरीक्षक यादवका अनुसार गाडीबाट ओर्लना साथ एक्कासी रिङ्गटा चली श्रीमान् इन्द्र हिस्की मगरलाई पानी पिउँछु भनी मागेर पानी पिउनासाथ अचानक बेहोस भएपछि तमोर अस्पतालमा भर्ना हुनु भएकी उहाँलाई चिकित्सकले मृत्यु घोषणा गरेका थिए ।
जिल्ला प्रहरी कार्यालयले प्रहरी निरीक्षक बिद्यालालकुमार शाहको नेतृत्वमा प्रहरी टोली परिचिालित गरी घटनाको थप अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।