शिक्षा दिवसको अवसरमा पाथीभरा याङवरकमा अवकासप्राप्त शिक्षक देखि उत्कृष्ट बिद्यार्थी सम्मानित

उज्यालो पोष्ट
ताप्लेजुङ,असोज २ । ४४ औं शिक्षा दिवसको अवसरमा ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले अवकासप्राप्त शिक्षक,कर्मचारी तथा उत्कृष्ट बिद्यार्थीलाई सम्मान गरेको छ ।

पालिकाका शिक्षा अधिकृत(सातौं)ठाकुर प्रधानका अनुसार पालिका अध्यक्ष केशरकुमार सुब्बा,उपाध्यक्ष रनमाया गुरुङ,प्रमुख प्रशासकीय अधिकृत तेजनाथ पोख्रेलसहितको उपस्थितिमा अवकासप्राप्त शिक्षक,कर्मचारी तथा उत्कृष्ट बिद्यार्थीलाई सम्मान गरिएको हो ।

नेपाल सरकारले संविधानको मौलिक हकको कार्यान्वयनका लागि ‘अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५’ प्रमाणीकरण भएको मितिलाई आधार मानी वर्षदेखि हरेक असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको थियो ।

Similar Posts