पाथीभरा केवलकार सहित विकास निर्माणका कार्यमा आवश्यक समन्वय र सुरक्षाका लागि प्रधामन्त्रीलाई ज्ञापनपत्र

खगेन्द्र अधिकारी
ताप्लेजुङ,बैशाख १७ । ताप्लेजुङका जेन जी अगुवा र निर्माण व्यवसायी समेतले पाथीभरा क्षेत्रमा निर्माणाधिन केवलकार सहित जिल्लामा सञ्चालित जलविद्युत आयोजनाहरु उच्च मनोवलका साथ अघि बढाइदिने वातावरण मिलाइदिन नेपाल सरकार समक्ष माग गरेका छन् ।

बिहीबार ताप्लेजुङका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ज्ञापनपत्र बुझाउँदै केवलकार,जलविद्युत,प्रसारण लाइन र अन्य विकास निर्माण र उद्योग व्यवसायका लगानीकर्ता र निर्माणकर्ताको सुरक्षा प्रदान गर्न र उच्च मनोवलका साथ विकास निर्माणका कार्यहरु अघि बढाउने वातावरण मिलाइदिन नेपाल सरकारको ध्यानाकर्षण गरिएको छ । ज्ञापनपत्रमा ५ अगुवाहरुले हस्ताक्षर गरेका छन् भने यस कार्यको सर्मथन गर्दै संकलन भएको हस्ताक्षर समेत संलग्नी राखी ज्ञापनपत्र पेश भएको ताप्लेजुङ विकासप्रेमी युवा समाजका संयोजक प्रकाश मादेनले जानकारी दिनुभयो । ज्ञापनपत्रमा मादेनका साथ निर्माण व्यवसायी महासंघका जिल्ला अध्यक्ष जसबहादुर चेम्जोङ,निर्माण व्यवसायी महासंघका जिल्ला उपाध्यक्ष इन्द्र केदेम,जेन जी ताप्लेजुङका संयोजक गोपाल गुरागाइँ र जेन जी अगुवा सागर लामगादेले हस्ताक्षर गर्नु भएको छ ।

ज्ञापनपत्रमा ११ किलोमिटर दूरीको सुकेटार–काफ्लेपाटी सडक खण्डको स्तरोन्नती तथा कालोपत्रे कार्यलाई चाँडो सम्पन्न हुनेगरी आवश्यक सममन्वय तथा निर्देशनका लागि समेत प्रधानमन्त्री वालेन्द्र शाहलाई अनुरोध गरिएको छ । ज्ञापनपत्रमा पाथीभरा(मुक्कुमलुङ)सधै धर्म,संस्कृति र सम्प्रदायको आस्थाको केन्द्र रहेको बताउँदै ज्ञापन पत्रमा पाथीभरामा क्षेत्रमा निर्माणाधिन केवलकार प्रकृया यहाँका भद्रभलाद्मी,बुद्धिजीवी,धार्मिक तथा साँस्कृतिक संस्थाहरु,उद्योगी व्यवसायी र निजी क्षेत्रका प्रतिनिधिको माग अनुसार निजी लगानी भित्र्याउन सफल भएको स्मरण गराईएको छ । स्थानीयको अनुरोधमा निजी क्षेत्रले केवलकार निर्माण प्रकृयाको अनुमति लिई निर्माणकार्य गरिरहेको उल्लेख गर्दै ज्ञापनपत्रमा केवलकार निर्माण कार्य चाँडो पूरा होस् भन्ने प्रतिक्षामा रहेको उल्लेख गरिएको छ ।

ज्ञापनपत्रमा राष्ट्रिय प्राथमिकताप्राप्त पाथीभरा(मुक्कुमलुङ)केवलकार निर्माण आयोजनाले धार्मिक पर्यटकको सुविधा र भविष्यमा यस जिल्लामा निजी लगानीबाट अन्य पर्यटकीय पूर्वाधारका आयोजनाहरु ल्याउन सहज हुने विश्वास समेत व्यक्त गरिएको छ । केवलकार निर्माण प्रकृयामा पाथीभरा क्षेत्रमा आउने लाखौं पर्यटकले यस जिल्लाको आर्थिक सुधारमा टेवा पु¥याउनुका साथै रोजगारीका अवसर सृजना गर्ने विश्वास व्यक्त गर्दै ज्ञापनपत्रमा पाथीभरा क्षेत्रमा केवलकार निर्माण कार्य चाँडै सम्पन्न भए देशको आर्थिक अवस्था चलायमान बनाउन महत्वपूर्ण भूमिका निर्वाह हुने अपेक्षा गरिएको छ ।

Similar Posts