मदन–आश्रित स्मृति दिवसका अवसरमा एमाले ताप्लेजुङद्धारा अस्पतालका बिरामीलाई फलफूल बितरण
खगेन्द्र अधिकारी
ताप्लेजुङ,जेठ ३ । ३३ औं मदन–आश्रित स्मृति दिवसको अवसरमा नेकपा एमाले ताप्लेजुङले ताप्लेजुङ जिल्ला अस्पतालका बिरामीलाई फलफूल बितरण गरेको छ ।
नेकपा एमाले ताप्लेजुङका कार्यवाहक अध्यक्ष दीपेन्द्र पोमूका अनुसार अस्पतालमा रहेका २६ जना बिरामीको शीघ्र स्वास्थ्यको कामना गर्दै फलफूल बितरण गरिएको हो । फलफूल बितरण कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा कोशी प्रदेशसभा सदस्य तिलकुमार मेन्याङ्वो,प्रतिनिधिसभा सदस्य तथा एमाले केन्द्रीय सदस्य क्षितिज थेबे,एमाले ताप्लेजुङका कार्यवाहक अध्यक्ष पोमू,सचिव सन्तोष चाम्लिङ,उपसचिव गोपाल न्यौपाने,एमाले जिल्ला कमिटीका सदस्यहरु,पालिका कमिटीका अध्यक्षहरु तथा जनवर्गीय संगठनका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको एमाले ताप्लेजुङका उपसचिव न्यौपानेले जानकारी दिनुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका तत्कालीन महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको ३३ औँ स्मृति दिवसमा अवसरमा देशभरै विभिन्न कार्यक्रम गरी मनाउँदै छ । स्मृति दिवसका अवसरमा मदन–आश्रित योगदानको चर्चा,विचार गोष्ठी,वृक्षारोपण, रक्तदान,स्वास्थ्य शिविर,अस्पतालका बिरामीलाई फलफूल वितरण गर्ने कार्यक्रम रहेको छ । जननेता भण्डारी र नेता आश्रितको २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा सवारी दुर्घटनामा निधन भएको हो । नेता भण्डारीलाई एमालेले जनताको बहुदलीय जनवादका प्रणेताका रूपमा मान्दै आएको छ ।