पाथीभरा मन्दिरमा पुगेर बिबाह गर्नेको संख्या बढ्दै
उज्यालो पोष्ट
ताप्लेजुङ,मंसिर ४ । ताप्लेजुङस्थित पाथीभरा मन्दिरमा पुगेर बैबाहिक जीवनमा बाँधिनेहरुको संख्या बढ्दै गएको छ ।
पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतका अनुसार शुक्रवार मोरङको सुन्दरहरैंचाका भुवन ढकाल र रसुवाकी सरस्वती गजुरेल तीनहजार सातसय ९४ मिटर उचाईको पाथीभरा मन्दिरमा पुगेर बैबाहि बन्धनमा बाँधिनु भएको छ । यसबर्ष मात्र बिबाहको शुभसाइतमा ६ जोडीले पाथीभरा मन्दिरबाटै बिबाह गरेको महतले जानकारी दिनुभयो ।
‘एकिन तथ्याङ्क त छैन,तर बर्षमा कम्तिमा १५ जोडीले पाथीभरा मन्दिरबाटै बिबाह गर्नु भएको छ’महतले भन्नुभयो । पाथीभरालाई विश्वास र आस्थाकी देवी मानिन्छ । मागेको वर पाइने जनश्रुति रहेको पाथीभरा देवीलाई भक्तजनले मनोकामना पूरा गर्ने र कठिनाइ हटाउने देवीका रूपमा पुज्ने गरेका छन् । पाथीभरा देवीलाई अटल शौभाग्यकी प्रतिकको रूपमा मानिन्छ ।