मेरिङदेनमा भुक्तानीका सबै प्रकृयामा पान नम्बर अनिवार्य

उज्यालो पोष्ट
ताप्लेजुङ,असार १८ । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले पालिका र पालिका मातहत सञ्चालन भएका कुनैपनि योजनाको भुक्तानीका लागि पान नम्बरलाई अनिवार्य गरेको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिदुर अधिकारीका अनुसार पालिक अन्तरगत रहेका सम्पूर्ण सरोकारवाला व्यक्ति,टोल विकास संस्था जनप्रतिनिधि,मातहतका कार्यालय लगायत पालिकाबाट आय आर्जन तथा भुक्तानीका लागि संलग्न हुने सबैलाई पान नम्बर अनिवार्य गरिएको हो ।

स्थायी लेखा नम्बर पान नम्बर अनिवार्य हुनुपर्ने कानुनी प्रावधान रहेको स्मरण गराउँदै पालिकाले पान नम्बर नहुँदा भुक्तानी समेत नहुने भएकोले सम्वन्धित सबैलाई पान नम्बर अनिवार्य लिन आग्रह समेत गरेको छ ।

 

Similar Posts