| | |

एकीकृत अखिल नेपाल शिक्षक संगठन ताप्लेजुङ अध्यक्षमा पुनः बिष्ट चयन

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, फागुन ६ । ताप्लेजुङस्थित एकीकृत अखिल नेपाल शिक्षक संगठनको अध्यक्षमा तुलसीप्रसाद बिष्ट चयन हुनुभएको छ । सदरमुकाम फुङ्लिङमा शनिबार सम्पन्न आठौं जिल्ला अधिवेशनबाट बिष्ट पुनः अध्यक्षमा चयन हुनुभएको हो ।
एकीकृत अखिल नेपाल शिक्षक संगठन नेकपा (माओवादी केन्द्र) सम्वद्ध शिक्षक संगठन हो । जिल्ला अधिवेशनले बिष्टको अध्यक्षतामा २१ सदस्यीय जिल्ला समन्वय समिति सर्वसम्मत चयन गरेको हो । समिति उपाध्यक्षमा राधा माबोहाङ, सचिव तेजबहादुर भट्टराई र कोषाध्यक्षमा कल्पना गुरुङ चयन हुनुभएको छ ।
सदस्यहरुमा प्रकाशकिरण दाहाल, सुजता लिम्बू, नरेश सावादेन, पहलमान पुरी, राजेन्द्र माबो, चेतन खतिवडा, मीनाकुमारी लिम्बू, कमलपति भण्डारी, डेगेन्द्र सिलवाल, खड्गबहादुर थापा, दीपेन्द्र खतिवडा, ऐश्वर्यराज थापा, टीकाराम प्रसाई. लक्ष्मीप्रसाद चुडाल रहनुभएको छ । यस्तै अधिवेशनले विद्याप्रसाद खड्काको संयोजकत्वमा ११ सदस्यीय सल्लाहकार समितिसमेत चयन गरेको छ ।
जिल्ला अधिवेशन संगठनका केन्द्रीय सदस्य मदनकृष्ण दाहालको प्रमुख आतिथ्यता, माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा ताप्लेजुङ इन्चार्ज खेलप्रसाद बुढाक्षेत्रीको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको हो । नवनिर्वाचित कार्यसमितिलाई प्रमुख अतिथि दाहालले पद तथा गोपनियताको शपथग्रहण गराउनुभएको थियो ।
यसअघि अधिवेशनको उद्घाटनमा नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष युवराज बस्नेत, नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला अध्यक्ष शरदराज निरौला, अखिल नेपाल शिक्षक संगठनका जिल्ला अध्यक्ष गणेश लङ्वा, राहत शिक्षक संगठनका जिल्ला अध्यक्ष रमेश प्याकुरेलले शुभकामना दिनुभएको थियो । त्यस्तै माओवादी केन्द्र प्रदेश १ का सचिवालय सदस्य लक्ष्मीप्रसाद अन्छङ्बो, वाईसीएल नेपालका जिल्ला अध्यक्ष कैलास माबो, अनेरास्ववियु क्रान्तिकारीका प्रतिनिधिलगायतले अधिवेशन सफलताको शुभकामना दिनुभएको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts