फुङलिङमा हुने उपमेयर कप महिला फुटबल प्रतियोगिताको बिजेताले १ लाख ११ हजार रुपैयाँ पुरस्कार पाउने

उज्यालो पोष्ट
ताप्लेजुङ,फागुन १३ । फागुन २५ गतेबाट ताप्लेजुङको फुङलिङमा सुरु हुने उपमेयर कप अन्तरपालिका रनिङ महिला फुटबल प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय रुपैयाँ पुरस्कार पाउने भएको छ ।
खेल संयोजक तथा नगर खेलकुद विकास समितिका अध्यक्ष क्षितिज सुनुवारका अनुसार उपविजेता टिमले ५५ हजार ५ सय रुपैयाँ पाउँदा सेमीफाइनल पुग्ने दुईटोलीले नगद ९–९ हजार रुपैयाँ प्रोत्साहन स्वरुप पाउने भएका छन् ।
अन्तराष्ट्रिय नारी दिवसको अवसरमा सुरु भई २७ गते सकिने फुटबल प्रतियोगितामा जिल्ला फुटबल संघले प्राविधिक सहयोग गर्ने भएको छ ।
फुङलिङको टोली भानुजन माविमा अभ्यास शिक्षणमा । उज्यालो पोष्ट