जिल्लासभामा पत्रकार फुरुम्बो सहित २५ जना सम्मानित
खगेन्द्र अधिकारी
ताप्लेजुङ,असार १६ । जिल्ला समन्वय समितिले जिल्लाको समग्र विकास र समृद्धिमा योगदान दिएको भन्दै विभिन्न क्षेत्रका २५ जना व्यत्तित्वलाई मंगलवार सम्मानित गरेको छ ।
सम्माननित हुनेमा स्थानीय सरकार देखि वहालवाला जनप्रतिनिधि,पूर्व जनप्रतिनिधि,सञ्चारकर्मी,शिक्षासेवी,सामाजिक,साँस्कृतिक,शैक्षिक,खेलकुद तथा पर्यटन क्षेत्रमा सर्मपित व्यत्तित्व रहनु भएको जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामाले जानकारी दिनुभयो । नवौं जिल्ला सभाको अवसरमा आर्थिक बर्ष २०८०।८१ को लिजा मूल्याङ्कनमा जिल्लामै पहिलो हुने मैवाखोला गाउँपालिका तथा फ्रा मूल्याङ्कनमा उत्कृष्ट अंक ल्याउने मैवाखोला गाउँपालिका र सिरिजङ्गा गाउँपालिका सम्मानित भएका छन् । मैवाखोलाले लिजामा ७९.५ र फ्रा मा मैवाखोला र सिरिजङ्गाले समान ८३ अंक ल्याएको जिल्ला समन्वय समितिले बताएको छ ।
सभाकै अवसरमा कोशी सरकारका पूर्व मन्त्री तथा तत्कालिन जिल्ला विकास समितिका उपसभापति प्रतापप्रकाश हाङगाम,पूर्व जिविस सभापति श्रीप्रसाद भण्डारी,दीपेन्द्र सेन्दाङ,पूर्व जिसस प्रमुख घनेन्द्र मादेन,तत्कालिन जिविसका पूर्व उपसभापतिहरु क्रमशःनरेन्द्रराज थेबे,काजीमान साम्सोहाङ,रामप्रसाद सुबेदी र पूर्व जिसस उपप्रमुख देवीमाया नेपालीलाई सम्मान गरिएको जिससले जनाएको छ । सभाकै अवसरमा मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्की,पाथीभरा याङवरक गाउँपालिका उपाध्यक्ष रनमाया गुरुङ,फुङलिङ नगरपालिका वडा नं ६ का वडाध्यक्ष मदन गुरुङ(तेज),पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङ र सहकारी अभियान्ता टामन सिग्देल समेत सम्मानित हुनु भएको छ ।
सभाकै अवसरमा आम सञ्चार क्षेत्रमा बिशिष्ट योगदान दिएको भन्दै रेडियो तमोरका स्टेशन म्यानेजर तथा पत्रकार महासंघ ताप्लेजुङका सचिव कृष्ण फुरुम्बो लिम्बू,जिल्लाको साहित्य र शिक्षा क्षेत्रमा योगदान दिने भरतकुमार गुरुङ,गुरुकुल शिक्षामा योगदान दिने साङ्कदेछ्योलिङ गोन्पा बिद्यालयका प्रधानाध्यापक पासाङरिता शेर्पा,लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष सागर मादेन र लागु औषध दुव्र्यसन बिरुद्ध जागरण र उद्धारका कार्यमा सक्रिय होप फर अललाई समेत सम्मानित गरिएको छ । यस्तै शिक्षा क्षेत्रमा योगदान दिनु भएका बासुसं मावि मेदिवुङका शिक्षक शान्तिराम नेपाल,बन्धक मानव उद्धारकर्ता महेन्द्र भट्टराई,सफल महिला उद्यमी बिष्णु श्रेष्ठ,सफल तथा अगुवा कृषक इन्द्र सुनुवार,सेवा निवृत्त जेष्ठ अगुवा बिष्णु श्रेष्ठ र जिल्ला समन्वय समितिका लेखापाल समिर निरौला समेत सम्मानित हुनुभएको जिल्ला समन्वय समितिले जनाएको छ ।