दोभानका अग्नि पीडितलाई ३ लाख ५२ हजार राहत बितरण
उज्यालो पोष्ट
ताप्लेजुङ,असोज २९ । ताप्लेजुङका दोभान बजारका अग्नि पीडितलाई नेपाली काँग्रेस मिक्वाखोला गाउँ कार्य समितिको अनुरोध तथा पहलमा प्राप्त भएको ३ लाख ५२ हजार ५ सय रुपैयाँ हस्तान्तरण गरिएको छ ।
नेपाली काँग्रेस मिक्वाखोला गाउँ कार्यपालिका समितिका सभापति पञ्च थलङका अनुसार पार्टीका नेतृ सोनाम डोमा शेर्पा तथा ओङदी शेर्पा तथा तोक्पेगोला सर्पोट अमेरिकाबाट संकलन भएको रकम बितरण गरिएको हो । आगलागी पीडित १६ परिवारलाई प्रति परिवार २२ हजार रुपैयाँका दरले रकम हस्तान्तरण गरिएको बताईएको छ ।
गत असोज ८ गते दोभान बजारमा भएको आगलागीका कारण ८ घर धनीका १० घर जल्दा १४ करोड ५६ रुपैयाँ बढीको क्षति भएको थियो ।