पुस ११ बाट फुङलिङमा क्लवस्तरीय फुटबल

उज्यालो पोष्ट
ताप्लेजुङ,पुस २ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ६ मा यही पुस ११ गतेदेखि क्लव स्तरीय खुल्ला पुरुष फुटबल प्रतियोगिता तथा वृहत्त साँस्कृतिक कार्यक्रम सञ्चालन हुने भएको छ ।

स्वर्गीय पदमबहादुर गुरुङको स्मृतिमा ताप्लेजुङ स्पोर्टिङ क्लवले दोस्रो संस्करणको प्रतियोगिता सञ्चालन गर्न लागेको क्लवका अध्यक्ष मनिराज गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा बिजेता बन्नेले नगद १ लाख १५ हजार रुपैयाँ तथा उपबिजेता हुनेले ५५ हजार रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाणपत्र पाउनेछन् । बिधागततर्फ पनि पुरस्कारको व्यवस्था गरिएको क्लवले जनाएको छ ।

तमू ल्होसारको अवसर पारेर तमू ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद्संगको समन्वयमा सञ्चालन हुने फुटबल प्रतियोगिता तथा साँस्कृतिक कार्यक्रम पुस ११ देखि सुरु भई १५ गते समापन गर्ने योजना रहेको आयोजकले जानकारी दिएका छन् ।

Similar Posts