पुसे मेलामा सञ्चालन हुने भलिबल प्रतियोगिताका खेल तालिका सार्वजनिक

खगेन्द्र अधिकारी
ताप्लेजुङ,पुस १ । बुधवारबाट हुने पुसे मेला जिल्ला क्लव तथा आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।

पुसे मेला सञ्चालन समितिका अध्यक्ष हेम चोङवाङका अनुसार सहभागी ५ टिमलाई दुई समूहमा बिभाजन गरिएको छ । समूह‘क’मा भोजपुर भलिबल संघ,कोशी प्रदेश प्रहरी टिम र सभापोखरी भलिबल क्लव रहेका छन् । समूह‘ख’मा मुकेश मेमोरियल क्लव ताप्लेजुङ र दमक झापाको टिम रहेका छन् । पुस २ गतेको उद्घाटन खेलमा भोजपुर बिरुद्ध कोशी प्रदेश प्रहरीको टिम भिड्नेछन् । उक्त दिन हुने दोस्रो खेलमा मुकेश मेमोरियल क्लव ताप्लेजुङ बिरुद्ध दमक झापाको टिम भिड्ने छ ।

पुस ३ गते हुने तेस्रो खेलमा कोशी प्रदेश प्रहरीको टिम बिरुद्ध सभापोखरी भलिबल क्लव भिड्दा चौथो खेलमा भोजपुर बिरुद्ध सभापोखरी भिड्ने छ । पहिलो सेमीफाइनलमा समूह ‘क’को बिजेता र समूह ‘ख’को उपबिजेता भिड्दा दोस्रो सेमीफाइनलमा समूह‘ख’को बिजेता र समूह ‘क’को उपबिजेता आमने सामने हुनेछन् । पहिलो र दोस्रो सेमीफाइनका बिजेता फाइनलमा भिड्नेछन् ।

Similar Posts