शिक्षक संगठन ताप्लेजुङको १४ औं अधिबेशन सुरु

उज्यालो पोष्ट
ताप्लेजुङ,चैत २ । नेपाल राष्ट्रिय शिक्षक संगठन ताप्लेजुङको १४ औं जिल्ला अधिबेशन सुरु भएको छ ।

संगठनका राष्ट्रिय अध्यक्ष बिष्णुप्रसाद भण्डारीको प्रमुख आतिथ्यतामा अधिबेशनको उद्घाटन सत्र सुरु भएको हो । अधिबेशनको उद्घाटन सत्रमा नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा प्रदेशसभा सदस्य तिलकुमार मेन्याङ्वो प्रमुख वक्ता हुनुहुने छ ।

कार्यक्रममा संगठनका कोशी प्रदेश अध्यक्ष महेन्द्रप्रकाश गौतम,एमाले जिल्ला कमिटी उपाध्यक्ष तथा आठराई त्रिबेणी गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमू,सचिव सन्तोष चाम्लिङ सहित पेशागत शिक्षक संघसंगठनका जिल्लास्थित प्रतिनिधिहरुले समेत सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

नेपाल राष्ट्रिय शिक्षक संगठन ताप्लेजुङका अध्यक्ष शरदराज निरौलाका अनुसार अधिबेशनले नयाँ नेतृत्व समेत चयन गर्ने छ ।

Similar Posts