सरकारसंग बार्ता गर्न ‘नो केवलकार’पक्षद्धारा टोली गठन

उज्यालो पोष्ट
ताप्लेजुङ,चैत ३ । सरकारसंग बार्ता गर्न ‘नो केवलकार’समूहले पनि बार्ता टोली बनाएको छ ।
सरस्वता सिंघक(सरु)को संयोजकत्वमा कुमार लिम्बू,सूर्यविक्रम चेम्जोङ,धनराज हुक्पा चोङवाङ,दीपक याक्खा,लवन न्यौपाने,सन्तोष मेहता,पदम जवेगु,सूर्यप्रकाश मावोहाङ(आलोक) र अर्जुन जुम्नेली राई सदस्य रहेको १० सदस्यीय बार्ता टोली बनाईएको नो केवलकार’ घटकहरुले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
सरकारले चैत १ गते मुक्कुमलुङ ताङेसेःप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तरदलिय संघर्ष समितिलाई सम्बोधन गर्दै बार्ताका माध्यमबाट समस्याको शान्तिपूर्ण समाधानका आन्दोलनरत पक्षबाट स्थानीय प्रतिनिधिलाई बार्तामा आवह्वान गरेको थियो । सरकारले गृहसचिव प्रेमप्रसाद भट्टराईको नेतृत्वमा बार्ता टोली बनाएको छ ।