ताप्लेजुङको जिल्ला निर्वाचन अधिकारीमा श्रेष्ठ
उज्यालो पोष्ट
ताप्लेजुङ,मंसिर ४ । जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङको निर्वाचन अधिकारीमा धनराज श्रेष्ठ आउनु भएको छ ।
यसअघि जिल्ला निर्वाचन कार्यालयमा निमित्त जिल्ला निर्वाचन अधिकारीको रुपमा बान्दवराज दुलाल रहनु भएको थियो । दुलाल जिल्ला निर्वाचन कार्यालयको सूचना अधिकारी हुनुहुन्छ । ओलढुङगाको चम्पादेवी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहनु भएका श्रेष्ठको केहिदिन अघि निर्वाचन आयोगमा सरुवा भएको थियो ।
निमित्त कार्यालय प्रमुखको रुपमा रहेको जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङमा आयोगले श्रेष्ठलाई कार्यालय प्रमुखको जिम्मेवारी दिएर पठाएको हो ।