माओवादी केन्द्र मिक्वाखोलाको अध्यक्षमा डण्डु

उज्यालो पोष्ट
ताप्लेजुङ,फागुन ११ । नेकपा(माओवादी केन्द्र) को ताप्लेजुङस्थित मिक्वाखोला गाउँपालिका कमिटी अध्यक्षमा डण्डु लामा शेर्पा सर्वसम्मत चयन हुनु भएको छ ।
तेस्रो गाउँपालिका कमिटी अधिबेशनले शेर्पा अध्यक्ष रहेको ४१ सदस्यीय कमिटी सर्वसम्मत चयन गरेको हो । ४५ सदस्यीय कमिटीमा बाँकी ४ सदस्यय पछि मनोनित गरिने नवनिर्वाचित अध्यक्ष शेर्पाले जानकारी दिनुभयो । उहाँका अनुसार कमिटीको उपाध्यक्षत्रयमा ऐश्वर्यराज थापा,दीपक लिम्बू र मनकुमार भुजेल,सचिवमा बिनोद साँवा र सहसचिवमा रन्ध्वोज थलङ रहनु भएको छ । नवनिर्वाचित अध्यक्ष शेर्पा मिक्वाखोला गाउँपालिकाका उपाध्यक्ष समेत रहनु भएको छ ।
कार्यक्रममा नेकपा(माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा वाइसिएल अध्यक्ष सुबोध श्रीपाइली,केन्द्री सदस्य तथा ताप्लेजुङ जिल्ला जिल्ला इञ्चार्ज खेलप्रसाद बुढाक्षेत्री(पराग),वैकल्पिक केन्द्रीय सदस्यद्धय विजयप्रकाश वनेम र मिङ्माडण्डु शेर्पा,प्रदेश सचिवालय सदस्य तथा जिल्ला सह–इञ्चार्ज लक्ष्मीप्रसाद अन्छङ्वो(आवाज),पार्टीका जिल्ला समन्वय समिति अध्यक्ष बिष्णुकुमार हाङवाङ लिम्बू(वीरु),वाइसिएल जिल्ला अध्यक्ष कैलाश मावो सहितको उपस्थिति रहेको थियो ।