पक्राउ परेका ‘नो केवलकार’पक्षका १५ जनालाई ७ दिनको म्याद लिएर थप अनुसन्धान सुरु

उज्यालो पोष्ट
ताप्लेजुङ,फागुन ११ । शनिवार फुङलिङबाट पक्राउ परेका ‘नो केवलकार’पक्षका १५ जनालाई जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले ताप्लेजुङ जिल्ला अदालतबाट ७ दिनको म्याद लिई थप अनुसन्धान कार्य थालेको छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक तथा सूचना अधिकारी विवेक बस्नेतका अनुसार पक्राउ परेका १५ जनालाई हुलदंगा गर्न नहुने र अपराधिक उपद्रव गर्न नहुने कसुरमा ७ दिनको म्याद लिई अनुसन्धान कार्य सुरु भएको हो । उहाँका अनुसार पक्राउ परेकाहरुलाई मुलुकी अपराध संहिता २०७४ को दफा ६३ बमोजिम हुलदंगा गर्न नहुने तथा सोहि संहिताको दफा २८५ बमोजिम अपराधिक उपद्रव गर्न नहुने कसुरमा अनुसन्धान थालिएको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा पाँचथर जिल्ला हिलिहाङ गाउँपालिका वडा नं ६ स्थायी घर भई झापाको अर्जुनधारा नगरपालिका वडा नं ११ बस्ने ४८ बर्षिय मित्र लिङदेन,सुनसरीको ईटहरी उपमहानगरपालिका वडा नं ३ बस्ने २३ बर्षिय विवेक लिम्बू,पाँचथरको फिदिम नगरपालिका वडा नं ११ बस्ने २२ बर्षिय एमन राई,तेह्रथुमको आठराई गाउँपालिका वडा नं ७ घर भई हाल झापाको अर्जुनधारा नगरपालिका वडा नं ११ बस्ने ३० बर्षिय निर्मला बराल(दर्नाल),ताप्लेजुङ जिल्लाको आठराई त्रिबेणी गाउँपालिका वडा नं १ बस्ने ४५ बर्षिय नवीन पोमू रहनु भएको छ ।

मोरङ ग्रामथान गाउँपालिका वडा नं ६ स्थायी वतन भई सुन्दर हरैंचा नगरपालिका वडा नं १० बस्ने ५८ बर्षिय तुलाराम तामाङ,सुनसरीको ईटहरी उपमहानगरपालिका वडा नं ३ बस्ने १९ बर्षिय जुरन राई,मोरङको उर्लावारी नगरपालिका वडा नं १ बस्ने ३९ बर्षिय हरि लिम्बू,पाँचथरको फालेलुङ गाउँपालिका वडा नं ८ स्थायी वतन भई हाल फिदिम नगरपालिका वडा नं १ बस्ने ४० बर्षिय सुनिता केरुङ र सुनसरीको ईटहरी उपमहानगरपालिका २ बस्ने ३२ बर्षिय अर्जुन उपनामले चिनिने बिर्खबहादुर तामाङ समेत प्रहरी नियन्त्रणमा रहनु भएको छ ।

प्रहरीका अनुसार सुनसरीको इटहरी उप महानगरपालिका वडा नं २० बस्ने ३२ बर्षिय अनुप सुब्बा, सोहि उपमहानगरपालिका वडा नं १० बस्ने १९ बर्षिय बिशेष सुब्बा,पाँचथरका मिक्लाजुङ गाउँपालिका वडा नं ५ घर भई हाल इलाम नगरपालिका वडा नं ७ बस्ने ५१ बर्षिय योगेन्द्र लावती,झापाको अर्जुनधारा नगरपालिका वडा नं ४ बस्ने २१ बर्षिय निहा चेम्जोङ र झापाकै शिवसताक्षी नगरपालिका वडा नं २ स्थायी वतन भई हाल बिर्तामोड नगरपालिका वडा नं २ बस्ने २० बर्षिय इक्सा लिम्बू अहिले अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा रहनु भएको छ ।

Similar Posts