ताप्लेजुङमा भरुवा बन्दुक सहित एकजना पक्राउ

उज्यालो पोष्ट
ताप्लेजुङ,माघ २० । ताप्लेजुङ प्रहरीले अबैध भरुवा बन्दुक सहित एकजनालाई पक्राउ गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार पक्राउ पर्नेमा पाथीभरा याङवरक गाउँपालिका वडा नं १ नाङखोल्याङका ४० बर्षिय बृखराज राई रहेका छन् ।

जिल्ला प्रहरी प्रमुख(डिएसपी)रवि रावल नेतृत्वको टोली खटिएको प्रहरी टोलीले निज राईले घरभित्र लुकाई छिपाई राखिरहेको अवस्थामा फेला परेको एकथान भरुवा बन्दुक सहित राईलाई पक्राउ गरेको समेत बस्नेतले जानकारी दिनुभयो ।

पक्राउ परेका राईमाथि मुलुकी अपराध संहिता २०७४ बमोजिम हातहतियार तथा खरखजना सम्वन्धी कसुरमा विस्तृत अनुसन्धान भई रहेको समेत प्रहरीले बताएको छ ।

Similar Posts