| |

कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
विराटनगर, असोज २७ । नेपाली काँग्रेसका सांसद केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ । प्रदेश प्रमुखको कार्यालयमा भएको सनाखतका क्रममा कार्कीले बहुमत जुटाउनुभएको हो । कार्कीको पक्षमा ४७ जना सांसदले हस्ताक्षर गरेका थिए, जुन बहुमत हो । मुख्यमन्त्रीका लागि केदार कार्कीसँगै माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बोले पनि दाबी गर्नुभएको थियो ।
शुक्रबार दुवै आकांक्षी पक्षमा ४७-४७ सांसदको समर्थन देखिएको भन्दै प्रदेश प्रमुखले शनिबार (आज) बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म सनाखतका लागि समय तोक्नुभएको थियो । सनाखतमा बहुमत पुष्टि भएसँगै संविधानको धारा १६८ (५) बमोजिम प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । यता आङ्बो पक्षका सांसद अर्थात समर्थक भने सनाखतका लागि उपस्थित भएनन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts