आठराई त्रिबेणीमा निःशुल्क आँखा जाँच तथा चश्मा उपहार कार्यक्रम सुरु,पहिलो कार्यक्रम निघुरादिनमा

उज्यालो पोष्ट
ताप्लेजुङ,फागुन २५ । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकामा आइतवारबाट जेष्ठ नागरिकहरुका लागि निःशुल्क आँखा जाँच तथा चश्मा उपहार कार्यक्रम सुरु भएको छ । वडा नं १ निघुरादिनबाट उक्त कार्यक्रम सुरु भएको हो ।

पालिका अध्यक्ष दीपेन्द्र पोमू(दीपेन)ले कार्यक्रमको उद्घाटन गर्नु भएको छ । कार्यक्रममा पालिका उपाध्यक्ष शान्ताकुमारी आङबुहाङ राई,प्रमुख प्रशासकीय अधिकृत बाबुनन्दन मेहता,आठराई त्रिबेणी गाउँपालिका वडा नं १ का वडाध्यक्ष रामप्रसाद पाठक सहितको उपस्थिति रहेको छ ।

पालिकाका अनुसार सोमवार २६ गते वडा नं २ फुलवारीमा,२७ गते मंगलवार वडा नं ३ हाङपाङमा,२८ गते बुधवार वडा नं ४ चाँगेमा र २९ गते बिहीबार वडा नं ५ चाँगेमा उक्त कार्यक्रम सञ्चालन हुने छ ।

एक्टिभ नेपाल बिराटनगर र नवदृष्टी आई हस्पिटल प्रालिको प्राविधिक सहयोगमा उक्त कार्यक्रम सञ्चालन भएको हो ।

 

Similar Posts