व्यावसायिक भ्रमणका लागि मलेसिया र सिंगापुरको सीमा खुला

अरुलाई पनि शेयर गरौ !

काठमाडौ,भदौ २ । मलेसिया र सिंगापुरले एकअर्काको मुलुकमा व्यावसायिक भ्रमणका लागि सीाम खुला गर्ने निर्णय गरेका छन् । उनीहरुले पहिलोपटक मार्चमा बन्द भएको यी दुई मुलुकको सीमा व्यावसायिक भ्रमणका लागि खुकुलो बनाइएको हो । नयाँ नियम अनुसार यी दुई मुलुकका मानिसहरुलाई १४ दिनसम्मको व्यावसायिक भ्रमणका लागि अनुमति दिइनेछ । साथै सिंगापुरमा काम गर्दै आएका मलेसियाका नागरिकले पनि सीमा पार गरेर आफ्नो काममा फर्किन पाउनेछन् । मलेसियाले मार्च १८ मा प्रतिबन्ध लगाउनुभन्दा पहिला दैनिक तीन लाख मानिसले सीमा पार गर्थे । सिंगापुरले अप्रिल ७ मा लकडाउन घोषणा गरेको थियो । दुवै मुलुकले त्यसयता लकडाउन केही खुकुलो पार्दै आएका छन् । तर, अझै पनि पर्यटकका लागि भने सीमा खुला गरिएको छैन ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts