ताप्लेजुङस्थित पाथीभरा बहुमुखी क्याम्पसमा चैत ५ गते नै स्ववियु निर्वाचन गर्ने सञ्चालक समितिको निर्णय

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,चैत ४ । स्ववियु निर्वाचन स्थगन सहितको माग राख्दै दुई बिद्यार्थी संगठनले क्याम्पसमा तालाबन्दी गरे पनि ताप्लेजुङस्थित पाथीभरा बहुमुखी क्याम्पस सञ्चालक समितिले चैत ५ गते नै स्ववियु निर्वाचन गर्ने निर्णय लिएको छ ।
निर्वाचन अधिकृत परिवर्तन र मतदाता परिचयत्र पत्रको क्युआर कोडमा बिद्यार्थी र अभिभावकको बिबरण अस्पष्ट भएको भन्दै निर्वाचनको निश्पक्षता माथि प्रश्न उठाएर एमाले निकट अनेरास्वबियु र जनता समाजवादी पार्टी निकट संघीय बिद्यार्थी युनियनले क्याम्पसमा तालाबन्दी गरेका थिए । क्याम्पस सञ्चालक समितिको शनिवार बिहान बसेको बैठकले निर्धारित मिति चैत ५ गते आईतवार नै स्ववियु निर्वाचन सम्पन्न गर्ने निर्णय लिएको क्याम्पस प्रमुख मोहनकुमार राईले बताउनुभयो । बैठकले असन्तुष्ट बिद्यार्थी संगठनले उठाएका मागहरुमध्ये सम्भव हुने सम्मको माग पूरा गर्न प्रयत्न गर्ने भन्दै ताला खुलाउन आग्रह गरेको छ । ताला नखुलाए प्रशासनको सहयोगमा ताला खुलाई निर्वाचनको प्रकृया सुरु गर्ने क्याम्पस प्रशासनले जनाएको छ । बैठकले स्ववियु निर्वाचन निश्पक्ष,भयरहित र पारदर्शी तवरले सम्पन्न गर्न निर्देशन दिदै निर्वाचन प्रकृयामा क्याम्पस प्रशासन,कर्मचारी,अध्यापकबाट असहयोग भएको बुझिएमा निर्वाचन पछि क्याम्पस सञ्चालक समितिले स्पष्टीकरण देखि निलम्बन सम्मको प्रकृया अघि बढाउने निर्णय लिएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts