प्रजातन्त्र दिवसका अवसरमा ताप्लेजुङको फुङलिङ प्रवेशद्धार हेलिप्याड क्षेत्रमा गरियो झण्डोत्तोलन

ताप्लेजुङ,फागुन ७ । ७३ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा आइतबार ताप्लेजुङको फुङलिङ बजार प्रवेशद्धार हेलिप्याड क्षेत्रमा नेपाली राष्ट्रिय झण्डा फेरिएको छ ।
फुङ्लिङ नगरप्रमुख अमिर मादेनले झण्डोत्तोलन गर्नु भएको छ । यसअघिको रहेको पुरानो झण्डालाई हटाएर नयाँ राष्ट्रिय झण्डा राखिएको जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख तथा जिसस सदस्य विष्णुप्रसाद तिवारीले जानकारी दिनुभयो । कार्यक्रममा पाथीभरा याङ्वरक गाउँपालिकाका अध्यक्ष केशरकुमार सुब्बा, मेरिङ्देन गाउँपालिका अध्यक्ष युकहाङबीर(डम्बर) हाङ्गाम, फुङ्लिङ नगरउपप्रमुख भीमादेवी ओझा,प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङ लगायत सरकारी कर्मचारी तथा गैर सरकारी संघ संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो । झण्डोत्तोलन कार्यक्रमलाई सम्बोधन गर्ने वक्ताले प्रजातन्त्र प्राप्तिका लागि भएको आन्दोलन, योगदान र उपलब्धीबारे चचा गर्नु भएको थियो ।

Similar Posts