अघिल्लो आवको ८ महिनामा भन्दा चालु आवको ८ महिनामा पाथीभराका दर्शनार्थी बढी

खगेन्द्र अधिकारी
ताप्लेजुङ,चैत ३ । मुख्य सिजन फागुन महिनामै पाथीभरा मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थी साविक भन्दा कम भएपनि अघिल्लो बर्षको साउन देखि फागुन सम्म भन्दा चालु आवको साउन देखि फागुन सम्मा पाथीभरा मन्दिरको दर्शनमा दर्शनार्थी बढी देखिएका छन् ।
पाथीभरा क्षेत्र विकास समितिले चालु बर्षको साउन देखि फागुन र अघिल्लो आवको साउन देखि फागुन सम्मको तथ्याङ्क विवरण सार्वजनिक गर्दा यस्तो देखिएको हो । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार यसबर्षको गत साउन देखि फागुन महिना सम्ममा पाथीभरामा १ लाख १८ हजार ३ सय दर्शनार्थी आएका छन् । अघिल्लो आवको साउन देखि फागुन सम्ममा १ लाख १६ हजार १२ जनाले मन्दिरको दर्शन गरेका थिए ।
क्षेत्र विकास समितिका अनुसार चालु बर्षको साउनमा १ हजार ९ सय ५५ जना मन्दिरको दर्शनका लागि आएका थिए । अघिल्लो बर्षको साउनमा पाथीभरा मन्दिरमा आउने दर्शनार्थीको संख्या १ हजार १ सय २२ थियो । अघिल्लो बर्षको भदौमा ५ हजार दर्शनार्थी मन्दिर आएकामा यसबर्षको सोहि महिनामा ९ हजार ९ सय ३९ दर्शनार्थीले मन्दिरको दर्शन गरेको क्षेत्र विकास समितिले जनाएको छ । अघिल्लो बर्षको असोजमा १० हजार ३ सय ४३ जनाले मन्दिरको दर्शन गरेकोमा चालु आवको असोजमा ५ हजार ९ सय ४९ जना मात्र पाथीभरा दर्शनमा आएको तथ्याङ्क देखिएको छ ।
अघिल्लो बर्षको कात्तिकमा ४९ हजार १ सय ६२ जना पाथीभरा मन्दिर आएकामा चालु आवको सोहि महिनामा ६१ हजार १ सय ७३ जनाले मन्दिरको दर्शन गरेका थिए । अघिल्लो बर्षको मंसिरमा पाथीभरा मन्दिर आउने दर्शनार्थीको संख्या २० हजार १ सय ४६ जनाले मन्दिर आएकोमा चालु आवको सोहि महिनामा २१ हजार १ सय ८० जनाले मन्दिरको दर्शन गरेको क्षेत्र विकास समितिले जनाएको छ ।
अघिल्लो बर्षको पुसमा ५ हजार ६ सय ५५ जनाले मन्दिरको दर्शन गरेकोमा चालु बर्षको पुसमा मन्दिर दर्शन गर्नेको संख्या ६ हजार ४ सय २७ रहेको छ । अघिल्लो बर्षको माघमा ६ हजार ४ सय १ जनाले मन्दिरको दर्शन गरेकोमा यसबर्षको सोहि महिनामा ४ हजार २ सय ४९ जनाले मन्दिरको दर्शन गरेका छन् ।
पाथीभराका मुख्य दुई सिजनमध्ये फागुन देखि यताको अवधि पनि एक हो । अघिल्लो बर्षको फागुन महिनामा १७ हजार ९ सय १२ जनाले पाथीभरा आउँदा चालु बर्षको फागुन महिनामा झण्डै साढे १० हजार कम अर्थात् ७ हजार ४ सय २८ जना मात्र पाथीभरा मन्दिरमा आएको क्षेत्र विकास समितिको तथ्याङ्कबाट देखिन्छ ।
अघिल्लो बर्षको चैत महिनामा ५२ हजार ४ सय ५५ जना मन्दिरको दर्शन गर्न आएको तथ्याङ्क छ ।