प्रदेशसभाको प्रत्यक्षतर्फ नेकपा एमालेबाट चुनाव लड्न क्रमशः एघार र पाँच जनाको दावेदारी

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,भदौ २० । प्रदेश १(क) र १(ख)गरी प्रदेशसभाको प्रत्यक्षतर्फ नेकपा एमालेबाट चुनाव लड्न क्रमशः ११ र ५ जनाले दावेदारी प्रस्तुत गर्नु भएको छ ।

प्रदेशसभा १(क)मा ११ जना र १(ख)मा ५ जनाले दावेदारी प्रस्तुत गर्नु भएको हो । प्रदेशसभा १(क)मा प्रदेश सांसद बलबहादुर साम्सोहाङ सहित सन्तोष खतिवडा,महेशकुमार गुरागाँई,देउमान बिष्ट,कुमार मादेन,भरतकुमार गुरुङ,हेमन्तकुमार उप्रेती,सुनिता थापा,नर्वदादेवी भण्डारी,गोपाल न्यौपाने र अनन्तबहादुर साँवाले दावेदारी प्रस्तुत गर्नु भएको छ ।

प्रदेशसभाको १(ख)तर्फ प्रदेश सांसद होमकुमारी साँवा सहित गोपाल थोप्रा,मणिशंकर पोमू,त्रिबेणी चोङ्वाङ र चित्रगुप्त साँवाले दावेदारी प्रस्तुत गर्नु भएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts