|

आज महागुरु फाल्गुनन्दको १३६औं जन्मजयन्ती,पर्यटन मन्त्रीद्धारा शुभकामना सन्देश

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,कात्तिक २५ । संस्कृति,पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराइले समाज सुधारक फाल्गुनन्दका प्रेरणादायी उपदेश र मार्गदर्शन पालना गर्नसकेमा राष्ट्रिय एकतालाइ अझ सबल र कसिलो बनाउन सकिने बताउनु भएको छ । उहाँले फाल्गुनन्दका उपदेशले धार्मिक,सामाजिक र साँस्कृतिक सहिष्णुता र सद्भाव कायम गर्ने बिश्वास पनि लिनु भएको छ । किराँत धर्मका महागुरु फाल्गुनन्दको १३६औं जन्मजयन्तीका अवसरमा मंगलवार शुभकामना सन्देश जारी गर्दै मन्त्री भट्टराइले फाल्गुनन्दको मार्गदर्शनमा अघि बढ्ने उर्जा र प्रेरणा नेपाली सबैमा आवश्यक भएको समेत औंल्याउनु भएको छ ।

अनावश्यक तडक भडक नियन्त्रण र मौलिक संस्कृतिको जर्गेनाका लागि फाल्गुनन्दले जारी गरेको १० बुँदे लिखित मुचुल्का सिरिजङ्घा लिपिमा अध्ययन गराउने,मादक पदार्थ सेवन नगर्ने,बैबाहिक संस्कारका दान लिने–दिने कार्य बन्द गर्ने,स्वदेशी कपडा लगाउने र छोरीलाइ छोरा सरह समान शिक्षा प्रदान गर्ने जस्ता महागुरु फाल्गुनन्द उपदेश राष्ट्र,राष्ट्रियता र समाज परिवर्तनका लागि उल्लेख रहेको मन्त्री भट्टराइको भनाइ छ । मन्त्री भट्टराइले महागुरु फाल्गुनन्दद्धारा जारी सत्य धर्म मुचुल्काको नीति बिश्व समुदायले अनुसरण गर्दै आएको समेत दावी गर्नु भएको छ । महागुरु फाल्गुनन्दलाइ मन्त्री भट्टराइले जीवनको अन्तिम पल सम्म भाषा,संस्कार,संस्कृति,शिक्षा उत्थान र समाज सुधारका लागि लाग्ने अभियान्ताका रुपमा लिनु भएको छ ।

नेपालका १६औं राष्ट्रिय बिभूति फाल्गुनन्दलाइ किराँती धर्मावलम्वीहरुले महान समाज सुधारकको रुपमा लिने गर्छन् । उहाँले प्रतिवादित गरेको सत्य धर्म मुचुल्का अहिले पनि प्रशंसा योग्य छ । सत् आहार, सत् विहार र सत् कर्म गर्नु भनि आर्दश बचन दिने फाल्गुनन्दको सत्य,शान्ति र अहिंसावादी दर्शनलाई किराँतीहरुले आस्थाको केन्द्र मान्छन् । उहाँले समाज सुधारका लागि वि.स. १९८८ साल बैशाख २४ गते पाँचथरको लब्रेकुटीमा आमभेला बोलाएर सत्य धर्म मुचुल्का निर्माण गर्नु भएको थियो । देहावसान भएको ६१ वर्षपछि विक्रम सम्वत् २०६६ मंसिर १६ गते नेपाल सरकारले उहाँलाइ १६औं राष्ट्रिय बिभूति घोषणा गरेको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts