फुङलिङ नगर कार्यपालिकाको ८ पदका लागि मतदान सुरु,मेयर मादेनद्धारा पहिलो मतदान

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,जेठ ११ । ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा आउने ८ जना कार्यपालिका सदस्य चयनका लागि मतदान सुरु भएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय(जिल्ला अदालत परिसर)मा सुरु भएको मतदानमा पहिलो मत नगरप्रमुख अमिर मादेनले खसाउनु भएको छ । मतदान अधिकृत पुष्पराज बाँस्तोलाले अपरान्ह २ः०० बजे सम्म मतदान समय तोकिएको जानकारी दिनुभयो । मतदान सम्पन्न भए लगत्तै मतगणना गरी अन्तिम परिणाम घोषणा गर्ने मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीस प्रकाश राउतले बताउनुभयो । निर्वाचित महिला सदस्यमध्येबाट कार्यपालिकामा जाने ५ सदस्यका लागि गठबन्धनतर्फ बिनिता राई(माओवादी केन्द्र),सीता नेपाल(काँग्रेस),कमला खत्री(काँग्रेस),सविना मादेन(काँग्रेस) र भीमकला दर्जी(काँग्रेस)बाट उम्मेदवार हुनुहुन्छ ।

मतदाता भित्रका दलित वा अल्पसंख्यकबाट कार्यपालिकामा जाने ३ पदका लागि गठबन्धनतर्फ दिनेश खवास(काँग्रेस),गंगाराम शंकर (माओवादी केन्द्र) र साङ्गे पाल्देन शेर्पा(माओवादी केन्द्र) को उम्मेदवार हुनुहुन्छ । निर्वाचित महिला सदस्यमध्येबाट कार्यपालिकामा जाने कार्यपालिका सदस्यका लागि एमालेबाट शान्ता मादेन राई,बबिता बिक,मीना आचार्य बराल,रीता दर्नाल र गंगा दर्नाल तथा मतदाता भित्रका दलित वा अल्पसंख्यकमध्येबाट कार्यपालिकामा जाने ३ पदका लागि शान्तकुमार सुनुवार,दुकुमार शेर्पा र लालुमाया सार्की उम्मेदवार रहनु भएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts