स्थानीय तह निर्वाचन ः ताप्लेजुङमा तोकिए निर्वाचन अधिकृत

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,चैत १३ । स्थानीय तहको निर्वाचनका लागि ताप्लेजुङमा निर्वाचन अधिकृतहरु तोकिएका छन् ।

आठराइ त्रिबेणी,फक्ताङलुङ र मिक्वाखोला र मैवाखोला गाउँपालिकामा सर्बोच्च अदालतका इजलास अधिकृतहरुलाइ निर्वाचन अधिकृतको रुपमा खटाइएको छ । जस अनुसार आठराइ त्रिबेणीमा बिदुरप्रसाद कोईराला,फक्ताङ्लुङमा राजकुमार दाहाल, मिक्वाखोलामा मधुसुदन आचार्य र मैवाखोलामा दिब्यराज घिमिरे निर्वाचन अधिकृत तोकिनु भएको छ । यस्तै मेरिङ्देन गाउँपालिकामा ताप्लेजुङ जिल्ला अदालतका श्रेष्तेदार शम्भुप्रसाद रेग्मी र पाथीभरा याङ्वरक गाउँपालिकामा जिल्ला सरकारी वकिल कार्यालय ताप्लेजुङका जिल्ला न्यायधीबक्ता युवराज महत निर्वाचन अधिकृत तोकिनु भएको छ ।

सिदिङ्वा गाउँपालिकामा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक बिनिता भट्टराई तथा सिरिजङ्गा गाउँपालिकामा बिशेष सरकारी वकिल कार्यालयका उपन्याधिबक्ता मोहन खनाल निर्वाचन अधिकृत तोकिनु भएको छ । जिल्ला सदरमुका रहेको नगरपालिकामा मुख्य निर्वाचन अधिकृतको कार्यालय रहने र त्यहाँ सम्वन्धित जिल्लाको बरिष्ठतम् न्यायाधीस मुख्य निर्वाचन अधिकृत रहने प्रावधान रहेको छ । फुङ्लिङ नगरपालिकामा जिल्ला न्यायाधीस नै मुख्य निर्वाचन अधिकृत तथा फुनपाका लागि निर्वाचन अधिकृत रहनु हुने छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts