एमाले ताप्लेजुङको नयाँ नेतृत्वका लागि मतदान सुरु

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ, पुस २६ । नेकपा एमाले ताप्लेजुङको नयाँ नेतृत्व चयनका लागि केहिबेर अघिबाट मतदान सुरु भएको छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन पछि पनि केहिबेर आन्तरिक सहमतिको प्रयास गरिएपनि अन्ततःनिर्वाचन सुरु भएको हो । मतदाताहरु मत खसाल्न लाइनमा उभिएका छन् ।

प्रमुख निर्वाचन अधिकृत देवराज मेन्याङ्वोले निर्वाचन सुरु भएको जानकारी दिनुभयो । ५ पदाधिकारीका लागि अध्यक्षका उम्मेदवारद्धय बलबहादुर साम्सोहाङ र भूपेन्द्र थेबे पक्षका ५–५ जना गरी १० जना मैदानमा हुुनहुन्छ । प्रत्येक वडाका १–१ जनाको दरले भूगोलबाट आउने ६१ जना जिल्ला कमिटी सदस्य मध्ये फुुङ्लिङ नगरपालिकाको वडा नं ३ र आठराइ त्रिबेणी गाउँपालिकाको वडा नं १ र ५ बाट बाहेक ५८ वटा वडाबाट जिल्ला कमिटी सदस्य निर्वीरोध भइसकेका छन् । यद्यपी निर्वाचन समितिले भने अहिले सम्म घोषणा गरेको छैन । ६ महिला खुल्ला सदस्यका लागि ९,३ दलित सदस्यका लागि ६ र १३ खुल्ला सदस्यका लागि २६ जनाको उम्मेदवारी परेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts