| |

शाहीको स्मृति दिवसमा विभिन्न कार्यक्रम सम्पन्न

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, पुस १७ ।
ताप्लेजुङमा निजामति कार्मचारीको आधिकारिक ट्रेड युनियन जिल्ला कार्यसमिति तथा डिभिजन वन कार्यालयले शहीद गणेशबहादुर शाहीको सम्झानामा स्मृतिसभा लगायतका कार्यक्रम सम्पन्न गरेको छ । शाहीको पाँचौ स्मृति दिवसको अवसरमा कार्यक्रम आयोजना गरिएको हो ।
जिल्लाको मिक्वाखोला गाउँपालिका–२ खोक्लिङमा हत्या गरिएका वनरक्षक शाहीको सम्झनामा स्मृतिसभा, जिल्ला अस्पतालका विरामीलाई फलफूल वितरण लगायतको कार्यक्रम गरिएको बताइएको छ । डिभिजन वन कार्यालयको परिसरमा आयोजित स्मृतिसभा कार्यक्रम प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेको प्रमुख आतिथ्य आतिथ्यतामा सम्पन्न गरिएको थियो ।
कार्यक्रममा डिभिजन वन कार्यालय परिसरमा रहेको स्वर्गीय शाहीको तस्बिरमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरिएको थियो । स्मृतिसभामा प्रजिअ पाण्डे, डिभिजनल वन अधिकृत वीरेन्द्र शाह, सामुदायिक वन उपभोक्ता महासंघका जिल्ला अध्यक्ष सुरज ओझा लगायतका अतिथिले मन्तव्य राख्नुभएको थियो ।
यता स्मृति दिवसकै अवसरमा जिल्ला अस्पताल ताप्लेजुङमा उपचाररत विरामीलाई फलफूल वितरण गरिएको थियो । बिरामीहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै फलफूल वितरण गरिएको डिभिजन वन कार्यालय ताप्लेजुङले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts