जिल्ला प्रहरी कार्यालय ताप्लेजुङद्धारा बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिसंग भेट,सुरक्षा सर्तकर्ता बारे छलफल

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज २४ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले यहाँ रहेका बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिमार्फत बढ्दै गएको बैंकिङ कसुरसंग सम्वन्धित सुरक्षा सचेतना,सिसीटिभीको क्षमता थप जडानसहितका बिषयमा अन्तरक्रियात्मक छलफल गरेको छ ।

प्रहरी कार्यालयले शनिवार बैंक तथा वित्तीय संस्थामा कार्यरत बैंक सुरक्षा रक्षक(गार्ड)संग सुरक्षा सम्वन्धी अभिमुखीकरण कार्यक्रम समेत गरेको छ । प्रहरी कार्यालयले यसअघि बैंक तथा वित्तीय संस्थाका प्रवन्धक र प्रतिनिधिसंग बैंक सुरक्षा रक्षकलाई सुरक्षा अभिमुखीकरण गर्ने योजना बनाएको थियो ।

सुरुमा बैंक तथा वित्तीय संस्थाका प्रवन्धक र प्रतिनिधिसंग बैंकिङ कसुरसंग सम्वन्धित सुरक्षा सचेतनासहितका बिषयमा छलफल भएपछि बैंक सुरक्षा रक्षकलाई सुरक्षा सचेतना सम्वन्धी अभिमुखीकरण सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक बिन्देश्वर यादवले जानकारी दिनुभयो ।

बैंक सुरक्षा रक्षकसंग वित्तीय संस्थाहरुको भौतिक संरचना,आर्थिक कारोवार तथा प्रशासनिक क्रियाकलाप र थप आवश्यक सुरक्षा सर्तकर्तासहितका बिषयमा छलफल भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Similar Posts