|

आफ्नो पार्टीका नेता संग नमिली अन्य दलका नेतासंगको सहकार्य गर्ने प्रवृति नै पार्टी एकता बिरुद्धको मुलजड ः योगेश

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,जेठ २६ । एमाले नेता तथा पूर्व मन्त्री योगेशकुमार भट्टाईले आफ्नो पार्टीका नेता संग नमिली अन्य दलका नेतासंगको सहकार्य गर्ने प्रवृति नै पार्टी एकता बिरुद्धको मुलजड भएको बताउनु भएको छ । सामाजिक सञ्जाल फेसबुकमा टिप्पणी गर्दै उहाँले प्रधानमन्त्री केपी शर्मा ओली र नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल दुबैको कमजोरी औंल्याउनु भएको छ । सामाजिक सञ्जालमा उहाँले’कमरेड केपी ओली आफ्नै पार्टीका बरिष्ठ नेता कमरेड जेएन खनाल र कमरेड माधव नेपालसंग सहकार्य गर्न तयार नहुने तर महन्थ ठाकुर राजेन्द्र महतोसंग सत्ता साझेदारी र अन्य बिषयमा गठवन्धन गर्न तयार हुने, कमरेड जेएन खनाल र कमरेड माधव नेपाल पार्टीका अध्यक्ष कमरेड केपी ओलीसंग मिल्न तयार नहुने तर शेरबहादुर देउवा,प्रचण्ड र उपेन्द्रसंग सत्ता साझेदारी र अन्य बिषयमा गठवन्धन गर्न तयार हुने’कसले, किन र के का लागि यो सब गर्दैछ भनेर प्रश्न गर्नु भएको छ ।

उहाँले एमाले एकताको मूल जड यहिँ रहेको निश्कर्ष निकाल्नु भएको छ । उहाँले यस बिषयमा नेताहरुका बीचमा गम्भिर छलफल हुनु र साझा निश्कर्षका साथ साझा अभियानमार्फत एमालेको एकता बचाउन जरुरी रहेको समेत उल्लेख गर्नु भएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts