फुङलिङमा अब सडक पेटीमा सामान राख्न नपाइने

उज्जालो पोष्ट
ताप्लेजुङ,बैशाख १५ । ताप्लेजुङको फुङलिङ नगरपालिकाले नगरक्षेत्रका व्यवसायीलाई सडक पेटीमा राखेका सामान हटाउन लगाएको छ ।

नगरप्रहरीमार्फत सुरुमा व्यवसायीलाई सडक पेटीमा सामान राखिएको भए हटाउन सूचित गरेको नगरपालिकाले त्यसपछि नगरक्षेत्रभर नगरप्रहरी परिचालित गर्दै व्यवसायस्थलमा मात्र सामान राख्न दिएको हो ।

नगरप्रमुख अमिर मादेनले सडकमा राखिएका सामान हटाई सहयोग गर्न व्यवसायीलाई ७ दिनको समयावधि सहितको अनुरोध गर्नुभएको थियो ।

नगरप्रमुख मादेनले सडक पेटीमा राखिएका सामान हटाई यातायात आवागमन फराकिलो बनाउन व्यवसायीले भरपूर सहयोग गरेको बताउनुभयो ।

Similar Posts