लागु औषध सहित ताप्लेजुङमा दुईजना पक्राउ

उज्यालो पोष्ट
ताप्लेजुङ,असार ५ । ताप्लेजुङ प्रहरीले लागु औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित दुईजनालाई बिहीबार पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक जटाशंकर यादवका अनुसार पक्राउ पर्नेमा आठराई त्रिबेणी गाउँपालिका वडा नं २ फुलवारी घर भई हाल फुङलिङ नगरपालिका वडा नं ४ बस्ने २३ बर्षिय सचिन साँवा लिम्बू र पाँचथरको हिलिहाङ गाउँपालिका वडा नं २ बस्ने २१ बर्षिय रोशन लिम्बू रहेका छन् ।

प्रहरी निरीक्षक यादवका अनुसार प्रहरीले १ ग्राम,२५० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

Similar Posts