फुङ्लिङमा जेठ २४ गते सम्मका लागि बढ्यो निशेधाज्ञाको अवधि

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,जेठ १६ । ताप्लेजुङको फुङलिङमा निशेधाज्ञाको अवधि जेठ २४ सम्मका लागि बढेको छ । जिल्ला प्रशासन कार्यालयले चौथो पटक निशेधाज्ञाको अवधि थप गर्दै जेठ २४ सम्मका लागि निशेधाज्ञा थप भएको जनाएको हो । तेस्रो पटक थपिएको निशेधाज्ञाको अवधि जेठ १७ मा सकिदैं छ । आइतवार बसेको जिल्ला कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिको बैठकमा प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले निशेधाज्ञा थप ७ दिनका लागि थप गरिएको जानकारी दिनुभयो । यता सिरिजङ्घा गाउँपालिकाले जेठ २२ गते सम्मका लागि आवतजावत सहित अत्यावश्यक बाहेकका सेवा स्थगन गरेकोमा बैठकले सर्मथन गरेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts