|

कोरोना संक्रमणको वास्तविक सूचना लिन पाथीभरा याङ्वरकले बनायो टोल निगारानी समूह

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,१४ बैशाख । कोरोना संक्रमणका बारेमा वास्तविक सूचना लिन र टोल स्तरबाटै संक्रमण न्यूनीकरणका बिकल्प खोज्न ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाले टोल निगरानी समूह गठन गर्न थालेको छ । टोल निरागानी समूहमार्फत पालिकाभरी भएका÷देखिएका कोरोना संक्रमितको सूचना लिने र न्यूनीकरणका उपाय समुदायका प्रत्येक सदस्य सम्म प्रवाह गर्ने हिसावले निगारानी समूह गठन गर्न थालिएको पाथीभरा याङ्वरक गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बाले जानकारी दिनुभयो । टोल निगारानी समूहमार्फत टोलभरीका कुनै व्यक्तिका बारेमा पालिकाले सूचना लिने छ । नयाँ मान्छे टोलमा प्रवेश गरे,कसैलाइ कोरोना संक्रमणसंग मिल्दोजुल्दो लक्षण देखिए वा संक्रमणसंग सम्वन्धित कुनै समस्या देखा परेमा टोल निगारानी समूहले गाउँपालिकालाइ जानकारी गराउने छ । यो जानकारीका आधारमा संक्रमण बिरुद्धका सबै उपायका लागि जनशक्ति परिचालन र अधिकतम् सूचना प्राप्त हुने भएकोले समस्या समाधान गर्न सहज हुने बिश्वासका साथ टोल निगारानी समूह गठनको प्रकृया थालिएको गाउँपालिका अध्यक्ष सुब्बाले जानकारी दिनुभयो । साविकका ६ वटा गाउँ विकास समिति क्रमशःनाङ्खोल्याङ,थेचम्बु,तिरिङ्गे,डुम्रिसे,चाक्सिबोटे र थुम्बेदिनमा टोल निगरानी समूह गठन गरिने छ । प्रत्येक वडामा ९ वटाका दरले जम्मा ५४ वटा टोल निगारानी समूह गठन गरिने समेत पालिका अध्यक्ष सुब्बाले जानकारी दिए । साविकका प्रत्येक गाउँ विकास समितिका साविकका प्रत्येक वडालाइ १ वटा टोल निगारानी समूहको कार्यक्षेत्रको रुपमा लिइएको छ । पाथीभरा याङ्वरक गाउँपालिकाले बनाएको टोल निरागानी समूहको अभ्यास यसअघि सिरिजङ्घा गाउँपालिकाले टोल विकास संस्थाको रुपमा विकास गरी प्रयोग गर्दै आइरहेको छ । ८ वटा वडा रहेको सिरिजङ्घा गाउँपालिकाले साविकका प्रत्येक गाउँ विकास समितिमा ९ वटाका दरले ७२ वटा टोल विकास संस्था गठन गरेको छ । सिरिजङ्घाले गठन गरेको टोल विकास संस्था भने ऐनले व्यवस्था गरेको र स्थायी प्रकृतिको रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts