अनेरास्ववियु पाथीभरा क्याम्पस कमिटीमा पौडेल

उज्यालो पोष्ट
ताप्लेजुङ,फागुन १८ । नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियनले पाथीभरा बहुमुखी क्याम्पसमा क्याम्पस कमिटी पुर्नगठन गरेको छ ।
स्वतन्त्र बिद्यार्थी युनियनकै निर्वाचनको मुखमा अनेरास्ववियुले क्याम्पस कमिटी पुर्नगठन गरेको हो । अनेरास्ववियुका जिल्ला अध्यक्ष विवेक बानियाँका अनुसार कमिटीको अध्यक्षमा लक्ष्मण पौडेल,उपाध्यक्षत्रयमा निशम इजम,प्रकाश बिष्ट र करण कालिकोटे,सचिवमा बिनु तामाङ रहनु भएको छ ।
कमिटीका सहसचिवहरुमा प्रज्वल तिवारी,मनिषा विक,मालती शेर्पा,प्रमिमा गौतम र मनिषा भट्टराई तथा कोषाध्यक्षमा यमूना खड्का रहनु भएको छ । नवनिर्वाचित कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई नेकपा एमाले ताप्लेजुङका सचिवालय सदस्य तथा बिद्यार्थी फाँट इञ्चार्ज लेखनाथ भट्टराईले पद तथा गोपनियताको शपथ गराउनु भएको अनेरास्ववियु ताप्लेजुङले जनाएको छ ।