|

६ जनाको नतिजा आउँदा एकजना संक्रमित थपिए,ताप्लेजुङमा सक्रिय संक्रमितको संख्या १३ पुग्यो

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,मंसिर १३ । ताप्लेजुङमा निरन्तर कोरोना संक्रमित थपिन थालेका छन् । शनिवार बिहान प्राप्त स्वाब परीक्षणको नतिजा अनुसार एकजना बालिकामा कोरोना संक्रमण पाइएको छ । शंकास्पद ९ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाएकामा ६ जनाको रिर्पोट आएको र त्यसमध्ये १ जनाको रिर्पोट पोजेटिभ आएको ताप्लेजुङ अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डाक्टर सोनिङ लामाले जानकारी दिनुभयो । ३ जनाको नतिजा आउन बाँकी रहेको छ । यो संगै ताप्लेजुङमा पुराना १२ संगै सक्रिय संक्रमितको संख्या १३ पुगेको छ । यसैबीच शुक्रवार फुङ्लिङ नगरपालिकाले ६० जना तथा पाथीभरा याङ्वरक गाउँपालिकाले २० जनाको स्वाब परीक्षणका लागि पठाएका छन् । दुबै स्थानीय तहको अग्रसरतामा संकलन भएको स्वाब एउटै एम्बुलेन्समार्फत परीक्षणका लागि पठाइएपनि पाथीभरा याङ्वरक गाउँपालिकाले झापामा परीक्षण गराउने भएको छ । नगरपालिकाले संकलन गरेको स्वाब भने प्रदेश जनस्वास्थ्य प्रयोगशाला बिराटनगर पठाइएको नगरप्रमुख छत्रपति प्याकुरेले जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts