यस्तो छ काँग्रेस ताप्लेजुङको खुल्ला महाधिबेशन प्रतिनिधिको प्रारम्भिक नतिजा,मतगणना जारी
उज्यालो पोष्ट
ताप्लेजुङ,असोज १५ । नेपाली काँग्रेस ताप्लेजुङबाट महाधिबेशनमा प्रतिनिधित्व गर्ने खुल्ला १० पदका लागि आवश्यक पर्ने मतगणनाको पहिलो चरणको विवरण सार्वजनिक भएको छ ।
कुल १७ उम्मेदवारमध्ये आवश्यक १० पदका लागि अहिलेसम्म भएको मतगणनामा खगेनसिं हाङगाम(१८३ मत),गजेन्द्र तुम्याहाङ(१७९ मत),इन्द्र केदेम(१५७ मत),टीकाराम गुरुङ(१५६ मत),युकहाङवीर(डम्बर)हाङगाम १५३ मत),केशवप्रसाद दाहाल(१३० मत)सहित अगाडि हुनुहुन्छ ।
गणेशबहादुर लिम्बू(११८ मत),छोवाङ लण्डुक शेर्पा(११४ मत),छबिलाल गुरुङ(१०७ मत) र युवराज गुरुङ(१०३) मतका साथ पछ्याई रहनु भएको छ । यस्तै लक्ष्मीप्रसाद भट्टराई(९८ मत)रामकुमार थेबे(९१ मत),मक्वानसिं हाङगाम(८२ मत),अमिर मादेन(७८ मत),पदमजंग लिम्बू(७१ मत),जंगबहादुर इजाम(४१ मत) र भक्तिराज भट्टराई(३५ मत)मा रहनु भएको छ ।
यो प्रारम्भिक मतगणना विवरण हो । मतगणना जारी रहेको छ । महाधिबेशन प्रतिनिधिका लागि १ हजार २ सय ७३ मत खसेको छ ।