सिदिङ्वामा व्यवसाय नविकरणका लागि असोजभरीको म्याद

उज्यालो पोष्ट
ताप्लेजुङ,असोज १५ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले पालिका क्षेत्र सञ्चालित व्यपार व्यवसायको प्रमाणपत्र नविकरणका लागि असोज मसान्तसम्मको म्याद दिएको छ ।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमेस सिवाका अनुसार पालिका अन्तरगतका विभिन्न वडामा दर्ता भई हालसम्म चालु आर्थिक बर्षको नविकरण नभएका व्यवसायीहरुले आफ्नो दर्ता प्रमाणपत्र २०८३ साल असोज मसान्तसम्ममा नविकरण गरिसक्नुपर्ने हुन्छ । तोकिएको समयमा व्यवसाय दर्ता नविकरण नगरेमा स्थानीय कानुन बमोजिम जरीवाना लाग्ने,व्यवसाय बन्द गराउन सकिने र नियमानुसार सरकारी सेवा सुविधाबाट वञ्चित समेत गरिने पालिकाले जनाएको छ ।

पालिकाले रीतपूर्वक भरिएको व्यवसाय नविकरण फारम,साविकको व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि,घर र जग्गा भाडामा भए चालु आर्थिक बर्षको भाडा सम्झौतापत्र,आफ्नै घरमा व्यवसाय भए चालु आर्थिक बर्षको घर जग्गा र मालपोत कर तिरिएको रसिद,आन्तरिक राजश्व कार्यालयबाट प्राप्त करचुक्ता प्रमाणपत्र,प्रोपाईटर वा सञ्चालकको नागरिकताको प्रतिलिपि र नियमानुसार लाग्ने व्यवसाय कर वा शुल्कसहित कार्यालयमा सम्पर्क गर्न पालिकाले आग्रह गरेको छ ।

Similar Posts