आठराई त्रिबेणीमा गोलिया काठको ढुवानी खुल्ला
उज्यालो पोष्ट
ताप्लेजुङ,असोज १५ । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले मौसममा आएको सुधारसंगै गोलिया काठको ढुवानी समेत खुल्ला गरेको जनाएको छ ।
पालिका अध्यक्ष दीपेन्द्र पोमू(दीपेन)ले आठराई त्रिबेणी क्षेत्रका केहि बाटोहरु अबरुद्ध रहेको र खुलाउने प्रयास जारी रहेको बताउनु भएको छ । केहिदिन अघि आएको बर्षाका कारण यहाँका विभिन्न पालिकाका शाखा तथा सहायक सडक मार्गहरु अबरुद्ध भएका थिए । दशैं,तिहार र छैटसहितका पर्व सन्निकट हुन थालेको बताउँदै पालिका अध्यक्ष पोमूले अबरुद्ध सडकहरु पूर्ववत रुपमै सञ्चालनमा ल्याउने गरी कार्य अघि बढीरहेको जानकारी दिनुभयो ।
गोलिया काठको ढुवानी समेत खुल्ला गरिएको बताउँदै पालिका अध्यक्ष पोमूले अबरुद्ध बाटो खुलाई यातायात सञ्चालनमा सहज वातावरण बनाउने कार्यमा सहयोग गर्न गोलिया व्यवसायीहरुलाई आग्रह समेत गर्नु भएको छ । बर्षायाममा गोलिया काठको ढुवानीले सडक बिग्रने तथा भत्किने भन्दै यहाँका सबै प्रया पालिकाहरुले असोज महिनासम्मका लागि गोलिढा काठको ढुवानीमा प्रतिवन्ध गरेका थिए । मौसममा सुधार आएको बताउँदै आठराई त्रिबेणीले गोलिया काठको ढुवानी समेत खुल्ला गरेको जनाएको छ ।