फुङलिङका पसल व्यवसाय अबको केहि साता शुक्रवार पनि खुल्ने,मंसिर ४ गते देखि फेरि शुक्रवार बन्द हुने

उज्यालो पोष्ट
ताप्लेजुङ,असोज १४ । प्रत्येक साता शुक्रवार बन्द हुँदै आएका फुङलिङ बजारका पसल व्यवसाय असोज १६ गते शुक्रवार देखि चाडपर्व अवधिभर खुल्ला हुने भएका छन् ।

ताप्लेजुङ उद्योग वाणिज्य सङ्घले यही शुक्रबारदेखि फुङलिङका बजार पसल खुला गर्ने निर्णय गरेको ताप्लेजुङ उद्योग वाणिज्य संघका अध्यक्ष विकास गौतमले जानकारी दिनुभयो ।

२०८३ साल असोज १६ गते देखि शुक्रवार देखि कात्तिक २७ गते शुक्रवारसम्म पसल खुल्ला हुने र मंसिर ४ गते शुक्रवारदेखि पुनःसाताको एकदिन शुक्रवार बन्द कायम रहने ताप्लेजुङ उद्योग वाणिज्य संघले जनाएको छ ।

Similar Posts