काँग्रेस अधिबेशन : ताप्लेजुङबाट पदेन बाहेक छानिनुपर्ने ३३ मध्ये ७ महाधिबेशन प्रतिनिधि निर्विरोध

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज १४ । पदेन बाहेक ताप्लेजुङबाट प्रतिनिधित्व गर्ने ३३ केन्द्रीय महाधिबेशन प्रतिनिधिमध्ये ७ जना निर्विरोध चयन हुनु भएको छ ।

निर्वाचन अधिकृत शिवराज पोखरेका अनुसार अपाङ्गतातर्फ तिलप्रसाद सुब्बा,अल्पसंख्यकतर्फ तेजकुमार सुनुवार(जंग),आदिवासी जनजाति महिला समानुपातिकतर्फ कविता सुब्बा,जसोदा गुरुङ मादेन र प्रमिला गुरुङ,दलिततर्फ जसबहादुर बर्देवा(पुजन) र दलित समानुपातिकतर्फ टीकेन्द्र नेपाली निर्विरोध चयन हुनु भएको छ । प्रत्यक्षबाट २३ र समानुपातिबाट १० गरी ३३ जना महाधिबेशन प्रतिनिधि छानिनुपर्नेमा ७ जना निर्विरोध भएपछि अब निर्वाचनमार्फत २६ जना महाधिबेशन प्रतिनिधि चयन हुनुहुने छ । ताप्लेजुङबाट पदेन ११ सहित ४४ जना महाधिवेशन प्रतिनिधि चयन हुनुहुने छ ।

क्षेत्रीय(प्रादेशिक)कार्य समितिका सभापति र पालिका कार्य समितिका सभापति स्वतःपदेन केन्द्रीय महाधिबेशन प्रतिनिधि हुने व्यवस्था रहेको छ । ताप्लेजुङबाट पदेन बाहेक प्रत्यक्षतर्फ ८ र समानुपातिकतर्फबाट ४ गरी १२ जना महासमिति सदस्य चयन हुनुहुने छ । प्रतिनिधिसभा क्षेत्रीय कार्य समितिको सभापति स्वतःमहासमिति सदस्य हुनुहुने छ् । यसो गर्दा पदेन २ सहित ताप्लेजुङबाट १४ जना महासमिति सदस्य हुने देखिएको छ । पदेन बाहेक महासमिति सदस्य हुन महाधिबेशन प्रतिनिधि हुनु अनिवार्य छ ।

महासमिति सदस्यमा प्रत्यक्षतर्फ २ महिला,५ खुल्ला र १ युवा(३५ बर्ष मुनि उमेर समूह)गरी ८ जना चयन हुनुहुने छ । समानुपातिकबाट आदिवासी जनजातितर्फ कम्तिमा १ महिला सहित ३ जना र खस आर्यतर्फ १ जना गरी कुल १२ जना महासमिति सदस्य चयन हुने नेपाली काँग्रेसको निर्वाचन निर्देशिका २०८३ मा उल्लेख गरिएको छ । महासमिति सदस्यको निर्वाचन भने जिल्ला अधिबेशनसंगै चयन हुने नेताहरुले बताएका छन् ।

Similar Posts