दोभान बजारमा आगलागी,थप विवरण आउन बाँकी
उज्यालो पोष्ट
ताप्लेजुङ,असोज ८ । ताप्लेजुङको दोभान बजारमा आगलागी भएको छ ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख(डिएसपी)कमल बजगाँइले दोभान बजारको पल्लो छेउको एक कष्मेटिक पसल भएको घरमा आगलागी भएको र बिद्युत आपूर्ति बन्द गरी आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको जानकारी दिनुभयो ।
दोभान बजारका व्यवसायी दीपक धितालले आगलागी भएको छोटो प्रतिक्रिया दिनुभयो । फुङलिङ बजारबाट दमकल र सुरक्षाकर्मी सहितको टोली दोभानतर्फ प्रस्थान गरेको डिएसपी बजगाँइले जानकारी दिनुभयो । घटनाको बिस्तृत विवरण आउन बाँकी रहेको छ ।